कोरोनाभाइरसको संक्रमणबाट वडाअध्यक्षको मृत्यु

सहयात्रा टिभी

काठमाडौं । असोज–०७, बर्दियामा कोरोनाभाइरसको संक्रमणबाट वडाअध्यक्षको मृत्यु भएको छ । उनको बुधबार बिहान भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । उनको अवस्था जटिल बन्दै गएपछि आज अचानक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जनाइएको छ ।

उनि बारबर्दिया नगरपालिका ३ बनियाभारका वडाअध्यक्ष हुन् । स्वास्थ्यमा समस्या आएपछि भदौ २९ गते भेरी अस्पतालमा भर्ना भएका उनको परिक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना संक्रमणपछि उपचार गराइरहेका उनलाई असोज ४ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

प्रकाशित : 23 September, 2020

प्रतिक्रिया दिनुहोस्