‘सम्झेर सानु’
सहयात्रा टिभी
काठमाण्डौं । असोज–०९, गायक सिडी विजय अधिकारीको सुमधुर स्वरमा रहेको मार्मिक गीत ‘सम्झेर सानु’को म्युजिक भिडियो सार्वजनिक भएको छ। मिडियाको अफिसिएल च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। दिल खड्काको यस गीतमा शब्द संगीत रहेको छ, भने गीतलाई फणिन्द्र राईले संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा रोशनी कार्की र राज खड्काको जीवन्त अभिनय देख्न सकिन्छ। बुद्ध थापाले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्। राज खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।