नेपालमा कोरोना : पछिल्लो २४ घण्टामा थप १ हजार २ सयमा ७ जनामा कोरोना पुष्टि, कुल संक्रमित संख्या ७२ हजार नजिक

सहयात्रा टिभी

काठमाडौं । असोज–१०, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा १ हजार २ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो संगै नेपालमा हाल सम्म कोरोना संक्रमितको कुल संख्या ७१ हजार ८२१ पुगेको छ।


नेपालमा अहिलेसम्म पीसीआर परीक्षणको संख्या ९ लाख ७८ हजार २०४ पुगेको छ। मन्त्रालयका अनुसार २२४ जनाको आईसीयूमा उपचार भइराखेको छ भने २७ जनालाई भेन्टिलेटरमा राखिएको छ।मन्त्रालयका प्रवक्ता गौतमका अनुसार अहिले मोरङ, सिरहा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन भक्तपुर र रुपन्देहीमा पाँच सय बढी संक्रमित रहेका छन् भने मनाङ, रसुवा, मुस्ताङ, डोल्पा, मुगु, हुम्लामा संक्रमण शून्यमा झरेको छ। त्यसैगरी २४ घण्टामा ११ सय ४७ जनाले कोरोना जितेका छन्। योसँगै नेपालमा कोरोना जित्नेको संख्या ५३ हजार १३ पुगेको छ। मन्त्रालयका अनुसार डिस्चार्ज हुनेको यो संख्या ७३ दशमलव ४ प्रतिशत हो।पछिल्लो २४ घण्टामा नेपालमा ८ जनाको कोरोनाले मृत्यु भएको छ। योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४६७ पुगेको छ।

प्रकाशित : 26 September, 2020

प्रतिक्रिया दिनुहोस्