मायालु जहिले रिसाउनी
सहयात्रा टिभी
काठमाण्डौं । असोज–१३, गायिका समीक्षा अधिकारी र सुदिप कुँवरको स्वरमा रहेको गीत ‘मायालु जहिले रिसाउनी’को भिडियो सार्वजनिक भएको छ ।
गीतमा विष्णु नेपालले शब्द र सुदिप कुँवारकै संगीत रहेको छ । गीतको भिडियो पनि कुँवारले निर्देशन गरेका हुन् । भिडियोमा बालकलाकार आरभि अर्यालको समेत अभिनय रहेको छ । शेर बहादुरको छायांकन, सुजन बडालको सम्पादन भिडियोमा रहेको छ ।