आइपिएलमा चेन्नई सुपर किंग्सको सानदार जित

एजेन्सी । असोज–१९, चेन्नई सुपर किंग्सले १३औँ इन्डियन प्रिमियर लिग (आइपिएल)मा आइतबार सानदार जित हासिल गरेको छ । मैदानमा किंग्स ११ पन्जावले पहिलो ब्याटिङ गरी चार विकेटको क्षतिमा एक सय ७८ रन बनाएको थियो । प्रत्युत्तरमा चेन्नईले १७.४ ओभरमा विनाक्षति एक सय ८१ रन जोड्दै दश विकेटको जित निकाल्यो हो ।
चेन्नईको जितमा ओपनरद्वय सेन वाट्सनले ८३ रन तथा फा डु प्लेसिसले ८७ रनको नटआउट इनिङ्स खेलेका थिए । वाट्सनले ५३ बलमा ११ चौका र तीन छक्का प्रहार गरे । प्लेसिसले ५३ बलमा ११ चौका र एक छक्का ठोके । यसअघिको ब्याटिङमा लोकेश राहुल र मायांक अग्रवालले पहिलो विकेटका लागि ६१ रनको राम्रो साझेदारी गरेका थिए ।
उत्कृष्ट फर्ममा रहेका मायांक ८.१ ओभरमा आउट भए । उनले १९ बलमा तीन चौकाको सहयोगमा २६ रन बटुले । त्यसपछि राहुलले मन्दीप सिंहसँग तेस्रो विकेटका लागि ५८ रनको साझेदारी गरे । मन्दीपले १६ बलमा दुई छक्काको सहयोगमा २७ रन बनाए । निकोलास पुरनले १७ बलमा तीन छक्का र एक चौकाको सहयोगमा ३३ रनको योगदान दिए । राहुल र पुरन निरन्तर बलमा आउट भएका थिए । इनिङ्सको १७औँ ओभरमा राहुल र पुरन आउट भएका हुन् ।
यी दुवैको विकेटसँगै चेन्नईले खेलमा पकड जमायो । राहुलले ५२ बलमा सात चौका र एक छक्का प्रहार गरी ६३ रन बटुले । चेन्नईले आइपिएलमा पहिलो विकेटका लागि गरेको साझेदारी यो नै ठूलो हो । यसअघि सन् २०११ मा रोयल्स च्यालेन्जर्स बेंग्लोरविरुद्ध चेन्नईले १५९.० को प्रदर्शन थियो । म्यान अफ दी म्याच वाट्सनले आइपिएलमा आफ्नो २०औँ अर्धशतकीय इनिङ्स खेल्न सफल भए । यसैगरी डु प्लेसिसले पनि आइपिएलमा १५औँ अर्धशतक लगाउँदा चेन्नईको जित सहज भयो । चेन्नईले सिजनकै दोस्रो जित निकाल्यो । चेन्नईले अहिलेसम्म पाँच खेलमा तीन हारको सामना गरेको छ । चेन्नईले चालू आइपिएलमा लगातार तीन खेलमा हारको सामना गरेको छ । दोस्रो जितसँगै चेन्नइले चार अंक बटुल्यो ।
चेन्नईका कप्तान महेन्द्रसिंह धोनी आइपिएलमा सय क्याच लिने दोस्रो विकेटकिपर बनेका छन् । उनले पन्जावका कप्तान राहुलको विकेट लिँदै सो उपलब्धि हात पारेका हुन् ।