केपी ओली प्रचण्ड माधव नेपाल एमाले


पछिल्लो २४ घण्टामा १५५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

सहयात्रा टिभी

काठमाडौं । असोज–२०, पछिल्लो २४ घण्टामा १५५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ४७ जनाको पीसीआर परीक्षण गर्दा १५५१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रायका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९० हजार ८१४ रहेको छ । पछिल्लो २४ घण्टामा २३ सय ४० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६७ हजार ५४२ रहेको सरकारी तथ्यांमा उल्लेख छ । यस्तै, हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ पुगेको छ । निको हुने सङ्क्रमितको सङ्ख्या ६७,५०० नाघेको छ भने विगत २४ घण्टामा २,३४० जना रोगमुक्त भएका छन्। अहिलेसम्म नेपालमा ६७,५४२ जना सङ्क्रमित निको भइसकेका छन्।

प्रकाशित : 6 October, 2020

प्रतिक्रिया दिनुहोस्