केपी ओली प्रचण्ड माधव नेपाल एमाले


फेसबुकले राष्ट्रपति ट्रम्पको पोस्ट हटाइदियो

सहयात्रा टिभी

एजेन्सी । असोज–२१, अमेरिकी कम्पनी फेसबुकले राष्ट्रपति डोनाल्ड ट्रम्पको पोस्ट हटाइदिएको छ। राष्ट्रपति ट्रम्पले कोभिड–१९ रुघाखोकी जस्तै मात्र भएको भनी सामाजिक सञ्जालमा लेखेपछि फेसबूक र ट्विटरले पोस्ट हटाइदिएको हो । कोरोनाभाइरससम्बन्धी गलत सूचना फैलाउन नपाइने नियमलाई ट्रम्पको पोस्टले उल्लंघन गरेको उनीहरूको जिकिर छ ।

ट्रम्पले लेखेका थिए, ‘अमेरिकाले फ्लुको सिजनका साथ बाँच्न सिकेको छ। यद्यपि हामीले कोभिडका साथ बाँच्न सिकिरहेका छौं, अधिकांश जनसंख्यामा यो निकै कम घातक छ।’ हामीले कोभिड–१९ को गम्भीरताका विषयमा दिइएको गलत सूचना हटायौं,’ फेसबूकका एक प्रवक्ताले रोयटर्स समाचार संस्थालाई बताए । फेसबूकले राजनीतिकर्मीहरूलाई थर्ड पार्टी फ्याक्ट चेकिङ प्रोग्रामबाट मुक्ति दिने गरेको छ । उसले ट्रम्पविरुद्ध दुर्लभै मात्र कारवाही गर्ने गरेको छ ।अमेरिकामा अहिलेसम्म कोरोनाभाइरस देखापरेदेखि २ लाख १० हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।

प्रकाशित : 7 October, 2020


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्