केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नागरिकको दृष्टिको सुरक्षाका लागि सरकार सचेत र क्रियाशील

सहयात्रा टिभी

काठमाडौं । असोज–२२, विश्वव्यापी रूपमा “दृष्टिप्रतिको आश” भन्ने मूल नाराका साथ आज विश्वदृष्टि दिवस मनाइँदै छ ।यसै क्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले नागरिकको दृष्टिको सुरक्षाका लागि सरकार सचेत र क्रियाशील रहेको जनाएका छन् । विश्व दृष्टि दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सबै नेपालीमा दृष्टिदोषरहित जीवनको कामना गरेका हुन् ।

सन्देशमा उनले नेपालले अहिले कोभिड १९ को संक्रमणबाट आफू, आफ्नो परिवार र समुदायलाई जोगाउन अपनाउनु पर्ने विश्वव्यापी र नेपाल सरकारले जारी गरेका जनस्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गराउने कार्यमा सहयोग पुर्याउन सबैमा आह्वान पनि गरेका छन् । उनले स्वास्थ्य सेवा लिन नपाई मर्कामा रहेका सेवाग्राहीलाई सहज र गुणस्तरीय सेवा नियमित रूपमा प्रवाह गर्न स्वास्थ्य संस्थालाई थप सक्रिय हुन अनुरोध गरेका छन् ।

प्रकाशित : 8 October, 2020

प्रतिक्रिया दिनुहोस्