गाउँमै मनाउ दसैं तिहार
सहयात्रा टिभी
काठमाडौं । असोज–२२, लोक गायक राजु परियार र शान्ता कार्कीको स्वरमा ‘गाउँमै मनाउ दसैं तिहार’ सार्वजनिक भएको छ। गीतमा लय, संगीत रिमेशकुमार थापाको छ। जीवन प्याकुरेलका शब्दमा संगीत संयोजन विजय थापा र मिक्सिङ कृष्ण बाजुरालीले गरेका हुन ।
विक्रम चौहानको निर्देशन तथा करियोग्राफी रहेको भिडियोमा अभिनय टिका जैशी, ध्रुव हिमाली र दिनेश केसीले गरेका छन्। गीतको छायाँकन अमन बडुले गरेका हुन् भने सम्पादन लक्ष्मन चौहानको छ।