नेपालमा कोरोना : पछिल्लो २४ घण्टामा थप २ हजार ७१मा कारोना पुष्टि,कुल संक्रमित संख्या १ लाख ८ हजार नजिक

सहयात्रा टिभी

काठमाडौं । असोज –२५,स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा दुई हजार ७१ जनामा कोरोना भाइरस पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या एक लाख सात हजार ७५५ पुगेको छ ।

काठमाडौं उपत्यकामा मात्र १४ सय १६ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार आयोजित पत्रकार सम्मेलनमा काठमाडौंमा ११ सय ४५, ललितपुरमा १६१ र भक्तपुरमा ११० जना संक्रमित देखिएको जानकारी दिएको हो ।

प्रवक्ता गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ पुगेको छ । अहिले संस्थागत आइसोलेशनमा १३ हजार ६४९ जना रहेका छन् भने होम आइसोलेशनमा १७ हजार ६६६ जना छन्। यस्तै क्वारेन्टाइनमा ४ हजार ६१६ जना रहेका छन्। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ४२७ जनाको पीसीआर परीक्षण भएको छ । आइतबार १५ सय ५२ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना जित्नेको संख्या ७५ हजार ८०४ पुगेको छ । यो कुल संक्रमितको ७० दशमलव ३ प्रतिशत हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ६३६ पुगेको छ । नेपालका दुई मनाङ र मुस्ताङबाहेक सबै जिल्लामा कोरोना संक्रमण फैलिएको मन्त्रालयले जनाएको छ । शनिबार नेपालमा एकैदिन ५ हजार ८ जनामा कोरोना संक्रमण देखिएको थियो ।

प्रकाशित : 11 October, 2020

प्रतिक्रिया दिनुहोस्