म भोलि जाँदैछु

सहयात्रा टिभी

काठमाडौं। असोज–२६, गायक शिवसागर खड्काको ‘म भोलि जाँदैछु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। टेक खत्रीको शब्दलाई अनिल सिमालीले संगीत भरेका छन्। पुरुषोतम न्यौपानेको संगीत संयोजनमा रहेको उक्त गीतको म्युजिक भिडियोको निर्देशन विशाल नेपालीले गरेका छन्।


गीतमा गायक शिवसागर खड्काको स्वर रहेको छ। गीतको भिडियो हाइलाइट्सले नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ। उक्त भिडियोमा कलाकारहरु अञ्जली अधिकारी, टेक अत्रि र डीएन श्रेष्ठले मोडलिङ गरेका छन्। भिडियोको सिनेमाटोग्राफि ज्ञानेन्द्र शर्मा हुमागाईं र उनको टिमले गरेको हो। भिडियोको सम्पादन अमृत चापागाईँले गरेका छन्।

प्रकाशित : 12 October, 2020

प्रतिक्रिया दिनुहोस्