केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मिस नेपाल एसईई २०२०को उपाधि रेजिना लिम्बूलाई

सहयात्रा टिभी

काठमाण्डौं । असोज–२७, ‘मिस नेपाल एसईई २०२०’को उपाधि रेजिना लिम्बूले जितेकी छन् । लिम्बुले उपाधिको साथमा शिक्षाको लागि छात्रवृत्ति, ट्रफी, क्राउन, गिफ्ट ह्याम्पर समेत हात पारेकी छन् । विजेताले लिम्बुले फिलिपिन्समा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस टिन टुरिज्म’मा नेपालको प्रतिनिधित्व गर्नेछिन् ।


स्वास्थ्य सुरक्षाको मापदण्ड पुरा गर्दै आयोजित प्रतियोगितामा फस्ट रनरअप सिल्भिया केसी र सेकेन्ड रनरअप सुविका पौडेल छानिए । अभ्यानी प्रोडक्सनको आयोजना रहेको प्रतियोगितामा प्रोभिन्सतर्फको उपाधि भने महिमा महतो, रोमी राई र बिमिका थापा मगरले जिते । विभिन्न उपशीर्षकमा समेत बिजेता छानिएको प्रतियोगितामा मिस पपुलर महिमा महतो, ब्युटी विथ पर्पोज सायक्सा सुनुवार, फेसन आइकन सायना पन्थी, मिस ट्यालेन्ट प्रेरना थापा मगर, मिस भ्युअर्स च्वाइस सन्धया अधिकारी, मिस फोटोजेनिक इमरन श्रेष्ठ, मिस पर्सनालिटी रुविसा सिंह, बेस्ट वाल्क प्रिया क्षेत्री, मिस एक्याटिभ शिखा आचार्य, मिस फ्रेन्डसिप प्रनिका राउतले हात परे ।

प्रकाशित : 13 October, 2020


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्