सर्पदंश पछि अस्पताल गएका व्यक्तिमा कोरोना पुष्टि, उपचारको क्रममा मृत्यु

सहयात्रा टिभी

चितवन । कार्तिक–०४, सर्पले डसेर उपचार गराउन भरतपुरमा रहेको चितवन मेडिकल कलेजको  शिक्षण अस्पतालमा भर्ना भएका एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण  पुष्टि भएको छ ।उनको मंगलबार बिहान उपचारको क्रममा  मृत्यु भएको छ।

अस्पतालका निर्देशक डा.दयाराम लम्सालका अनुसार नवलपरासी पूर्व (नवलपुर) गैंडाकोट नगरपालिका–७ का ५० वर्षीय पुरुष असोज १७ गते सर्पले टोकेर उपचारका लागि आएका थिए ।परीक्षणपछि उनमा असोज १८ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको डा. लम्सालले जानकारी दिए । अस्पतालको कोभिड आईसीयूमा उपचार गराइरहेका उनको मंगलबार बिहान ९ बजेर ५६ मिनेटमा मृत्यु भएको बताइएको छ।

प्रकाशित : 20 October, 2020

प्रतिक्रिया दिनुहोस्