कोरोना संक्रमित निजामती कर्मचारीलाई १४ दिन बिदा दिईने

सहयात्रा टिभी

काठमाडौं । कार्तिक– १४, सरकारले कोरोना संक्रमित निजामती कर्मचारीलाई १४ दिन बिदा दिने भएको छ । संक्रमण भएपछि सामान्यतया १४ दिन आइसोलेसनमा बस्नुपर्ने सरकारको नियमअनुसार नै बिदा दिन लागिएको हो ।

कर्मचारीमा संक्रमण हुने क्रम बढ्दै गएकाले उपचारको समयमा छुट्टै बिदाको माग हुन थालेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । यसरी कोरोना संक्रमित कर्मचारीमा बृद्धि हुन थालेपछि यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी मन्त्रालयले गरेको छ । निजामती कर्मचारीले वर्षमा १२ दिन बिरामी बिदा पाउँछन् । तर, कोरोना संक्रमण भएको बेलालाई त्यो बिदाले नपुग्ने भएकाले छुट्टै बिदा दिने तयारी भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म एक हजारभन्दा धेरै निजामती कर्मचारी कोरोना भाइरसबाट संक्रमित भइसकेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

प्रकाशित : 30 October, 2020

प्रतिक्रिया दिनुहोस्