आजको राशिफल

सहयात्रा टिभी

काठमाडौं । कार्तिक– १५,

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आफ्नो कामबाट अरुले लाभ उठाउन सक्छन् । शहनशिल क्षमतामा वृद्धि हुनेछ । साइनो गाँस्नेहरुबाट सतर्क रहनुहोला । साथीभाई तथा शुभचिन्तकहरुको सहयोगले लक्ष्यसम्म पुग्न सकिनेछ । प्रेम सम्बन्ध मजबुत रहनेछ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययनमा मन जानेछ । शैक्षिक क्षेत्रमा प्रगति समेत देखिएको छ । स्वास्थ्यमा केहि कमजोरि देखिएकाले खानपानमा ध्यान दिनुहोला । जिम्मेवारी थपिनेछ । नयाँ साथी बनाउन सकिनेछ । नयाँ सम्बन्ध गाँसिने सम्भावना प्रवल छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
आकर्षक उपहार पाइनाले हर्षमा वृद्धि हुनेछ । रमाइलो यात्रा गर्ने अवसर जुट्ला । धार्मिक काममा मन जानेछ । सोचेको काम पुरा हुनेछ । केहि विवादास्पद झमेलामा पर्न सकिने हुँदा सतर्क रहनुहोला । प्रिय व्यक्तिसँग भेट हुनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
दिगो फाइदा हुने कामको थालनि हुनेछ । दुखसुखमा साथ दिनेहरु प्रशस्त भेटिनेछन् । सन्तानमो खुसीमा रम्न पाइनेछ । परिवारलाई समय दिन सकिएला । सोचेको काम पुरा हुनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
लगनशीलताले अप्ठ्यारा समस्या सुल्झाउँदै सामाजिक प्रतिष्ठा दिलाउनेछ। सामाजिक काममा दिन वित्नेछ । अवसरका लागि निकै संघर्ष गर्नुपर्ला । नजिकको साथीसँग छुटिनु पर्दा मनमा खिन्नता उत्पन्न हुनेछ । दिदिबहिनीको साथ र सहयोगबाट लक्ष्यसम्म भने पुग्न सकिनेछ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
भाग्यले साथ दिने हुँदा सोचेको काम पुरा हुनेछ । मेहनेत र साथीभाईहरुको साथ र सहयोगले लक्ष्यसम्म पु¥याउनेछ । प्रेम प्रस्ताव आउनुको साथै आफुले राखेको प्रस्तावबाट सकारात्मक प्रतिकृया आउने देखिएको छ । मिष्ठान्न भोजनको योग छ ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्यमा समस्या देखिन सक्छ, खानपानमा ध्यान दिनुहोला । रमाइलो यात्राकाविचमा विवादास्पद स्थिति आउन सक्छ । मनले चाहेको व्यक्तिसँग नजिक हुन सकिनेछ । धार्मिक क्रियाकलापमा संलग्न भइएला ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रतिस्पर्धामा उत्रनुपरे पनि लगनशीलताले स्थिति अनुकूल बन्नेछ। मन मिल्ने साथीसँग प्रेमको गाँठो कसिन सक्छ। वैदेशिक यात्राको लागि राम्रो दिन रहेको छ । आफन्तबाट टाढिनु पर्दा मनमा खिन्नता उत्पन्न होला । प्रियजनसँग भेट हुनेछ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
र आफ्ना कमजोरीबाट प्रतिस्पर्धीहरूले फाइदा उठाउन सक्छन्, जोगिएर काममा जुट्नुपर्ला। फाइदाका लागि आफ्ना योजना सार्वजनिक नगर्नुहोला। नयाँ साथी बनाउन सकिनेछ । प्रेम र मित्रताको सम्बन्ध मजबुत बन्दै जानेछ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आँटेको काम पुरा हुनाले मनको डर उत्साहमा परिणत हुनेछ । मन मिल्ने मानिससँग साथीको सम्बन्ध अघि बढ्न सक्छ । लामो यात्राका विचमा नयाँ साथी बनाउन सकिनेछ । प्रेमी प्रेमीकाको साथ र सहयोगले लक्ष्यसम्म पुग्न सकिनेछे ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
आफन्तहरुबाट साथ र सहयोग पाइनेछ । कामको जिम्मेवारी बढ्नुको साथै आम्दानिमा पनि वृद्धि हुनेछ । सोचेको काम पुरा हुनेछ । सन्तानबाट सुख पाइने छ । मिष्ठान्न भोजनको योग छ । प्रेममा असमझदारी देखिन सक्छ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
केहि विवादास्पद जिम्मेवारी आइलाग्न सक्छ । लामो समयपछि पुरानो साथीसँग भेट हुनेछ । बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ। केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला।

प्रकाशित : 31 October, 2020

प्रतिक्रिया दिनुहोस्