काभ्रेपलाञ्चोकका सिडिओमा कोरोना संक्रमण पुष्टि
सहयात्रा टिभी
काभ्रेपलाञ्चोक । कार्तिक–१८,काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारीलाई कोरोना भाइरस संक्रमण भएको छ । काभ्रोपलाञ्चोकका सिडिओ शिवराम पोखरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
कोरोना पुष्टि भएपछि उनी अहिले होम आइसोलेसनमा बसेको सहायक सिडिओ लक्ष्मीदेवी हुमागाईँ खतिवडाले जानकारी दिएकीछिन् । कार्यालयका अन्य कर्मचारीलाई पनि कोरोनासँग मिल्ने लक्षण देखिएपछि जिल्ला प्रशासन कार्यालयले कात्तिक १८ देखि २४ गतेसम्म अत्यावश्यकबाहेकका अन्य सेवा स्थगित गरेको समेत खतिवडाले जानकारी दिइन् ।