कोरोनाको कारण स्वास्थ्यकर्मीको मृत्यु

सहयात्रा टिभी

धरान। कार्तिक–१८,विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कार्यरत एक स्वास्थ्यकर्मीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । सोमबार साँझ प्रतिष्ठानको आकस्मिक कक्षमा कार्यरत २८ वर्षीय रेडियोग्राफरको मृत्यु भएको प्रतिष्ठानले जनाएको हो ।

सप्तरीको महादेवा–६ घर भएका रेडियोग्राफरको दिसा पातलो हुने, ज्वरो आउने लगायतको समस्या भएपछि सोमबारनै अस्पतामा भर्ना गरिएको थियो ।प्रतिष्ठानका सह– प्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार दिउँसो एक्कासी श्वास फेर्न गाह्रो भएपछि उनलाई अस्पताल भर्ना गरिएको हो । कुनै रोग नभएकाले मृत्युपश्चात पिसीआर परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएको थियो ।यसअघि प्रतिष्ठानकै एक महिला कर्मचारीको मृत्यु भइसकेको छ योसँगै उक्त प्रतिष्ठानमा संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको बताइएको छ ।

प्रकाशित : 3 November, 2020

प्रतिक्रिया दिनुहोस्