सार्वजनिक भयो शान्ता खत्रीको लोकदोहोरी ‘नेले’

सहयात्रा टिभी

काठमाडौं । कार्तिक–१८,शान्ता खत्रीको लोकदोहोरी ‘नेले’ सार्वजनिक भएको छ ।उक्त गीतको स्वरमा शान्ता खत्रीलाई रामजी खांडले साथ दिएका छन् ।

गीतको शब्द शान्ता खत्रि,एरेन्ज विजय थापा, मिक्सिङ कृष्ण बाजुराली र संगीत रिमेश कुमारले गरेका छन् । लिङगेस भट्टराईको निर्देशनमा बनेको भिडियोमा दिनेश केसी र शान्ता खत्रीको अभिनय रहेको छ । त्यस्तै, श्रृंगारमा उर्मिला लामा, सम्पादन लिगेस भट्टराई, ड्रोन अनिल, क्यामेरा नमराज घिमिरे, सहायक निर्देशन आधुनिक राजले गरेका छन् ।गीतको भिडियो डिएआर मुभिजको अफिसियल च्यानलबाट सार्वजनिक भएको छ ।

प्रकाशित : 3 November, 2020

प्रतिक्रिया दिनुहोस्