पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नीको निधन
काठमाडौं । कार्तिक–१९, प्रतिनिधिसभा सदस्य तथा पूर्वसभामुख कृष्णबहादुर महराकी पत्नी सीता महराको बुधबार निधन भएको छ ।बुधबार बिहान महरापत्नी सीताको उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको हो । उनी ५९ वर्षकी थिइन् ।
रोल्पामा रहँदा स्वास्थ्यमा समस्या देखिएपछि उनलाई कात्तिक १३ गते दाङको गोर्खा अस्पतालमा भर्ना गरिएको थियो । निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई गत शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो । १५ गतेदेखि भेन्टिलेटरमा उपचाररत सीता महराको बुधबार बिहान ६ बजेर २५ मिनेट जाँदा मृत्यु भएको अस्पतालले जनाएको छ ।कृष्णबहादुर महराका स्वकीय सचिव डिल्ली मल्लका अनुसार नर्भिक अस्पतालमा गरिएको पीसीआर परीक्षणमा सीतालाई कोरोना संक्रमण पनि देखिएको थियो । सीता १० वर्षदेखि माइस्थेनिया नामक रोगबाट पीडित रहेको पनि मल्ल बताउँछन् । विक्रम संवत २०१८ साउन १३ गते रोल्पामा जन्मिएकी सीताले २०३५ सालमा कृष्णबहादुर महरासँग विवाह गरेकी थिइन् । महराका दुई छोरा र दुई छोरी रहेका छन् ।