नेपालमा कोरोना : पछिल्लो २४ घण्टामा थपिए ३ हजार ३ सय ९ कोरोना संक्रमित,कुल संक्रमित संख्या १ लाख ८३ हजार नजिक
काठमाडौं । कार्तिक–१९,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा बुधबार थप ३ हजार ३०९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८ सय ७८ जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन्। काठमाडौंका १५७०,भक्तपुरमा ११९ र ललितपुरमा १८९ गरी १८ सय ७८ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। मन्त्रालयका अनुसार हालसम्म नेपालमा १ लाख ८२ हजार ९२३ संक्रमितको संख्या पुगेको छ ।
त्यसैगरी २४ घण्टामा ३ हजार ८४४ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या १ लाख ४४ हजार ९७८ पुगेको छ ।देशभरी सक्रिय संक्रमितको संख्या हालसम्म ३६ हजार ९११ रहेको मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ९४ हजार १२२ परीक्षणहरु गरिएका छन् । २४ घण्टामा जम्मा १३ हजार १४४ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या १ हजार ३०५ जना रहेको पनि मन्त्रालयले जनाएको छ।आइसीयूमा ३७९ जनाको र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा हालसम्म कोरोनाबाट १ हजार ३४ जनाको मृत्यु भएको छ। बुधबार मात्रै ३० जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।