अभिनेत्री पुनमलाई पुन:अर्को समस्या
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
एजेन्सी। कार्तिक–२०,प्रायः विवादमा आइरहने मोडल तथा अभिनेत्री पुनम पाण्डेलाई पुन अर्को समस्यापरेको छ। उनीविरुद्ध गोवा फरवर्ड पार्टीको महिला विभागले मुद्दा दर्ता गराएको छ ।
गोवामा अश्लील भिडियो सुट गरेको आरोप उनीमाथि लगाइएको छ ।समाचार एजेन्सीका अनुसार गोवाको कनाकोना पुलिस स्टेसनमा एक अज्ञात व्यक्तिमाथि पनि एफआईआर दर्ता गरिएको छ । उक्त व्यक्तिले चपोली ड्याममा अभिनेत्री पुनमको अश्लील भिडियो सुट गरेको आरोप लागउँदै निवेदन दर्ता भएको हो ।पुनम यसअघि पनि गोवामा विवादमा परेकी थिइन् । हनिमुनको क्रममा पुनम पति पत्नि दुवैबीच भएको झगडापछि अभिनेत्री पुनमले पति सैम बाम्बेविरुद्ध कुटपिटको आरोप लगाएकी थिइन् । त्यसपछि पुलिसले सैमलाई हिसारतमा लिएको थियो । केही दिनपछि पुनम र सैमबीच सम्झौता पनि भएको बताइएको थियो।