केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कमेडी चलचित्र खेल्दै दीपिका

सहयात्रा टिभी

काठमाडौं । कार्तिक–२३, फिल्म ‘ऐश्वर्या’बाट अभिनयमा डेब्यु गरेकी अभिनेत्री दीपिका प्रसाइले पुन: अर्को चलचित्रमा देखिदैछिन् । पहिलो फिल्मबाटै सफलता हात पारेकी दीपिका त्यसपछि ‘छक्का पन्जा ३’ मा देखिएकी थिइन् ।


निर्देशक दिवाकर भट्टराईसँग विवाह बन्धनमा बाँधिएकी दीपिका एभरेष्ट सुर्य बोहराको निर्देशन रहने फिल्म ‘हेल्लो जिन्दगी’मा समेत अनुबन्धित भएकी थिइन् । तर उक्त फिल्मको काम अगाडि बढ्न सकेन । हुन त केही अगाडि उनी पति दिवाकरले बनाउन लागेको एक लभस्टोरी फिल्ममा अभिनेता आर्यनका साथ देखिने चर्चा समेत चलेको थियो ।तर अहिले भने फिल्म ‘कृष्ण लीला’ मा दीपिका अनुबन्धित भएकी छन् । दीपक ओलीको निर्देशन रहने कमेडी विषयवस्तुमा निर्माण हुन लागेको फिल्ममा उनी अभिनेता पुष्प खड्काको जोडीको रुपमा देखिन लागेकी हुन् ।उक्त फिल्ममा दीपिका, पुष्प खड्का, बुद्धि तामाङ, रविन्द्र झालगायतका कलाकारको अभिनय रहने बताइएको छ ।निर्देशक दीपक ओलीले सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदीको कथा, पटकथा तथा संवाद रहेको फिल्मको कात्तिकबाट छायाँकनमा सुरु गर्ने तयारी भइरहेको बताए । अर्जुन पोखरेलको संगीत रहने फिल्मको प्रस्तुतकर्तामा रोहित कट्टेल हुन् । रत्न श्रेष्ठ निर्माता रहेको यस फिल्ममा छायाँकन शिव ढकालको रहने स्रोतले बताएको छ ।

प्रकाशित : 8 November, 2020


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्