केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भारतीय विदेश सचिव श्रींगला नेपालमा

सहयात्रा टिभी

काठमाडौं । मंसिर–११, दुई दिने औपचारिक भ्रमणका लागि श्रींगला बिहीबार बिहान ११ बजे काठमाडौं आइपुगेका हुन्। नेपाल – भारत सिमा विवादबारे बहस जारी रहेकै अवस्थामा भारतीय विदेश सचिव हर्षबर्धन शृंगला आज आइपुगेका हुन्। नेपाल-भारत दुवै देशले नयाँ नक्सा जारी गरेपछि उत्पन्न विवादकै बीच रोकिएको कूटनीतिक वार्ता पुनः सुरु गर्न भारतीय विदेश सचिव शृंगला काठमाडौं आइपुगेका हुन्।

 

 

नेपाल र भारतबीच उच्च कूटनीतिक तहमा १५ महिनापछि औपचारिक वार्ता हुन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनले आज राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलगायतसँग भेट गर्ने कार्यक्रम छ।

प्रकाशित : 26 November, 2020


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्