युरोपेली देशमा २०२० भित्रै कोरोनाको खोप उपलब्ध गराइने
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
काठमाडौं । मंसिर–१७, युरोपेली देशहरुमा २०२० भित्रै कोरोना विरुद्धको खोप उपलब्ध गराइने जनाइएको छ । जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले आफूले तयार पारेको कोभिड–१९ विरुद्धको खोप युरोपेली युनियनमा आबद्ध देशमा प्रयोग गर्न आवेदन दिएको छ । खोप प्रयोगमा युनियनले स्वीकृत गरेमा युरोपेली देशमा यसै वर्षको अन्त्यअघि नै खोप उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
दुवै कम्पनीका तर्फबाट निकालिएको विज्ञप्तिमा युरोपेली मेडिसिन एजेन्सी ईएमएमा औपचारिक निवेदन दिइएको उल्लेख छ । गएको नोभेम्बर महिनामा फाइजर र बायोएनटेकले आफूले विकास गरेको कोभिड–१९ विरुद्धको खोप ९५ प्रतिशत सफल र प्रभावकारी रहेको जनाएका थिए ।
युरोपेली नियामक निकायले फाइजरले पेस गरेको विवरणको मूल्याङ्कन गरी खोप लगाउन उपयुक्त रहेरनरहेको विश्लेषण गरी स्वीकृति दिइने जनाएको छ ।
।