विश्वमा १५ लाख ४१ हजारको मृत्यु, ४ करोड ६५ लाख संक्रमणमुक्त

सहयात्रा टिभी

काठमाडौं । मंसिर–२२, विश्वभर कोरोना भाइरसका विारामी चार करोड ६५ लाखभन्दा बढी निको भएका छन् भने १५ लाख ४१ हजारको मृत्यु भएको छ । हालसम्म विश्वमा ६ करोड ७३ लाख ६७ हजार ६ सय तीन जनामा कोरोना संक्रमण भएको जनाइएको छ । संक्रमितमध्ये १५ लाख ४१ हजार दुई सय ९३ जनाको मृत्यु भइसकेको छ । हाल विश्वमा एक करोड ९२ लाख ५९हजारभन्दा बढी सक्रिय संक्रमित छन् ।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित राष्ट्र संयुक्त राज्य अमेरिकामा हालसम्म १ करोड ५१ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । संक्रमितमध्ये ८८ लाख ५३ हजारभन्दा बढी निको भएका छन् भने दुई लाख ८८ हजार आठ सय ८६ जना संक्रमितले ज्यान गुमाइसकेका छन् ।

भारतमा हालसम्म ९६ लाख ७६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । संक्रमितमध्ये ९१ लाख ३८ हजारभन्दा बढी निको भएका छन् भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक लाख ४० हजार पाँच सय ९० जना पुगेको छ ।

त्यस्तै, नेपालमा भने हालसम्म दुई लाख ४० हजार नौ सय ८१ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख २५ हजार आठ सय पाँच जना निको भएका छन् । नेपालमा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार पाँच सय ९४ पुगिसकेको छ ।

प्रकाशित : 7 December, 2020

प्रतिक्रिया दिनुहोस्