स्पुतनिक भी भ्याक्सिन ९६.२ प्रतिशत प्रभावकारी
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
एजेन्सी । मंसिर–२७, कोरोना भाइरसविरुद्धको रुसी भ्याक्सिन अहिलेसम्म उपलव्ध भ्याक्सिनमध्ये सबैभन्दा बढी प्रभावकारी रहेको दाबी गरिएको छ । स्पुतनिक भी नामक उक्त भ्याक्सिन हालसम्मकै अरु भ्याक्सिनमध्ये ९६.२ प्रतिशत प्रभावकारी रहेको दाबी गरिएको हो ।
भ्याक्सिनको नियमनकारी स्वतन्त्र कमिटीका सदस्य रामिल खाब्रिएभले बिहीबार स्पुतनिक भी भ्याक्सिन दुबै डोज लगाएर परीक्षण गर्दा ९६.२ प्रतिशत प्रभावकारी पुष्टि भएको बताएका हुन् ।
स्पुतनिक भी सँसारमै पहिलोपटक विकास भई दर्ता भएको भ्याक्सिन हो । ११ अगष्टमा रुसमा दर्ता भएपछि यसको आकस्मिक परीक्षण शुरु गरिएको थियो । रुस भ्याक्सिनको सर्वसाधारणमा प्रयोग गर्ने पहिलो मुलुक बनिसकेको छ ।