ट्वान्टी ट्वान्टी विश्वकपको ग्लोबल छनोट २०२२ मा हुने

काठमाडौं । मंसिर–३०, ट्वान्टी ट्वान्टी विश्वकपको ग्लोबल छनोट सन् २०२२ को फेब्रुअरी र मे मा हुने जनाईएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले ग्लोबल छनोट खेल दुई समूहमा गर्ने भएको हो । त्यसमा क्वालिफायर्स ‘ए’ २०२२ को फेब्रुअरीमा हुनेछ । तर कुन देशमा हुने भन्ने टुङ्गो लागेको छैन । यस्तै क्वालिफायर्स ‘बी’ २०२२ को मे महिनामा हुनेछ भने नेपालले सोझै ग्लोबल छनोट खेल्नेछ ।
त्यस्तै, नेपालसँगै जिम्बावे, यूएई, सिंगापुरले पनि ग्लोबल छनोट खेल्न पाउनेछन् ।