हाँस्यकलाकार गजुरेलले पूर्वपत्नीविरुद्ध कानुनी लडाइँ लड्ने

सहयात्रा टिभी

काठमाडौं । मंसिर–३०, हाँस्यकलाकार मनोज गजुरेलले पूर्वपत्नीविरुद्ध कानुनी लडाइँमा जाने तयारीमा रहेको सार्वजनिक गरेका छन् । आफू तीन वर्षअघि पूर्वपत्नीसंगको सम्बन्धविच्छेदपश्चात विवाह बन्धनमा बाँधिने तयारी गरेका उनले सोमबार साँझ सामाजिक सन्जाल फेसबुकमा एक स्टाटस लेख्दै यस्तो बताएका हुन् ।

आफूले सम्बन्धविच्छेद गरिसकेको भए पनि आफूविरुद्ध विभिन्न सन्चारमाध्यम तथा विभिन्न माध्यमबाट बारम्बार आरोप लगाएको भन्दै उनी पूर्वपत्नीविरुद्ध कानुनी लडाइँ लड्ने तयारीमा रहेको बताएका हुन् ।

उनले आफ्नो स्टाटसमा तीन वर्षअघि कानुनी रुपमा आआफ्नो बाटो लागिसकेपछि पनि अर्को पक्षबाट विभिन्न माध्यमबाट आफूलाई गाली बेइजती गर्ने क्रम नरोकिएको स्टाटसमा लेखेका छन् ।

उनले आफ्नो सम्बन्ध सकिए पनि पछिल्ला गतिविधिका कारण आफ्ना छोराछोरीमाथि धेरै ठूलो असर परेको बताएका हुन्।

स्टाटस जस्ताको तस्तै

‘प्रिय साथी, शुभचिन्तक तथा दाजुभाइ दिदी बहिनीहरु १ सामाजिक सन्जालमा मेरो बारेमा आएका अन्टसन्ट टीका टिप्पणीलाई लिएर मेरो पोष्ट, ईनबक्स, फोनमा तपाईंहरुले पठाउनु भएका कृया प्रतिकृयाप्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।
१। झन्डै तीन बर्षअघि नेपालको कानुन अनुसार डिभोर्स गरेर सम्बन्ध सकिएको कुरा यहाँहरुलाई विदितै छ । तर, कानुनी रुपमै आ९आफ्ना बाटो लागि सकेपछी पनि अर्को पक्षबाट विभिन्न माध्यामबाट बारम्बार गाली बेईज्जती गर्ने क्रम रोकिएन । एउटा सार्वजानिक र जिम्मेवार नागरिकको नाताले अहिलेसम्म मौन रहेँ । दुई सन्तानको जिम्मा लिएर बसेको अविभावकको नाताले चुपचाप सहेँ । तर, यो गाली बेईज्जती, अनावस्यक तनावको श्रृँखला बढ्दै गएर मेरो परिवारसम्म असर पर्न थाल्यो । त्यसैले बाध्य भएर केही प्रष्टिकरण दिन बाध्य भएको छु ।
२।सकिएको सम्बन्धको आधारहीन आरोप र प्रत्यारोपले मेरा छोराछोरीलाई धेरै ठुलो असर गर्न थालेको महसुस हुँदैछ । मेरो चरित्रमाथी खेलवाड भएको ठान्दैछु । अब मैले अदालतमा बुझाउन आवस्यक नठानेको मेरो डिभोर्सको कारण र प्रमाणलाई अब सार्वजानिक गर्न बाध्य हुँदै गएको ठान्दैछु । सहनुको सिमा कटेपछी कानुनी उपचारको बाटो अपनाउनुको विकल्प नरहेको टुंगोमा पुगेकोछु ।
३। अंश सहित आफुसँग बस्न लगेकी छोरी आमासँग बस्न नरुचाएर डिभोर्सको ८ महिनामै घर फिर्ता आएकी छिन् जुन मैले पहिलो पटक सार्वजानिक गर्दैछु । अर्को पक्षले भनेझैं हामी बिच कुनै लेनदेन बाँकी छैन छोरीको नाममा लगेको अंश बाहेक । तर, सामाजिक सन्जालमा अर्को पक्षबाट बारम्बार ममाथी हुने अनावस्यक टीका टिप्पणी, युटुबमा बाबुनानीहरुका फोटोको दुरुपयोगले मेरा सन्तानको पढाई र जीवनमा आघात परिरहेको छ ।
४। युट्युबर तथा अनलाईनका साथीहरु, तपाईंहरुलाई पनि यही स्टाटसबाट अनुरोध गर्दछु९ मेरो नाम, फोटो र प्रसङ्ग जोडेर कसैसँग अन्तर्वार्ताु लिँदै गर्दा आफ्ना सन्तानलाई सम्झनोस्, पत्रकारिताको नियमलाई याद गर्नोस् । अनि, देशको कानुनलाई मनन गर्नोस् जसले भोलि कानुनी अप्ठेरो नपरोस् ।
५।यो पोष्ट तथा कदम मेरा सन्तान, साथीभाइ तथा शुभचिन्तकको धेरै पटकको आग्रह पछि लेख्दैछु । अब कानुनी रुपमा न्यायका लागि अगाडि बढ्न खुट्टा उचाल्दैछु । चासो र चिन्ताका लागि धन्यबाद’

प्रकाशित : 15 December, 2020

प्रतिक्रिया दिनुहोस्