दुनियाँमा हुने अनौठो जन्म संस्कार
जुनसुकै परिवारमा बच्चाको जन्म हुनु निकै खुसीको कुरा हुन्छ । फरक फरक देश, धर्म र समुदाय वा सम्प्रदाय पिच्छे बच्चाको जन्म संकार मनाउने प्रचलन छुट्टै हुन्छ ।
संसारका कतिपय समुदायमा बच्चाको जन्म भएसँगै विभिन्न किसिका अनौठा प्रकारका संस्कारहरु गरिन्छ। तपाइँ हाम्रो अनुमान विपरित कतिपय विकशित देशहरुमा समेत यस्ता अनौठो संस्कारहरु प्रचलनमा रहिरहेका छन् ।
जापानमा नवजात बच्चाको गर्भनालको ठूलो महत्व छ । जापानलाई गर्भनाललाई मातृत्वसँग जोडिएको प्रतिकका रुपमा लिइन्छ यसकारण नाललाई सम्मान गर्नुपर्छ भन्ने मान्यता भएकोले गर्भनाललाई फ्याँकिदैन, बहुमूल्य तथा आकर्षक डिब्बा बनाएर सजाएर राखिन्छ ।
इण्डोनेसियाको बाली टापुमा बच्चाको जन्म हुँदा निकै अनौठो संस्कार निर्वाह गरिन्छ । उक्त संस्कारअनुसार बच्चालाई जन्मिएको ३ महिनासम्म जमिन छुन दिइँदैन र कुनैपनि खालको जमिनसँगको सम्पर्कबाट टाढै राखिन्छ । बच्चा ३ महिनाको हुँदासम्म आमाले पूरै समय बच्चालाई काखमा वा पलङको ओछ्यानमा राख्ने गर्छन् ।
चीनको कतिपय परम्परागत समुदायमा प्रचलित एक संस्कार अनुसार बच्चाको जन्म भएको ३० दिनसम्म सुत्केरी आमालाई परिवारबाट टाढा राख्ने गरिन्छ। उक्त ३० दिनसम्म आमा घरबाट निस्कन नहुनुको साथै काँचो फल समेत खाँदिनन् । साथसाथै सुत्केरि आमालाई नुहाउन पनि दिइँदैन । चीनमा यो परम्परा २ हजार वर्षदेखि प्रचलनमा छ ।