प्रधानमन्त्री ओली कार्यकर्ता भेलामा सहभागी हुन बबरमहलस्थित एक ब्यांकेटमा जाँदै
काठमाडौं । पुस १५ , प्रधानमन्त्री केपी शर्मा आफू पक्षीय कार्यकर्ताको भेलालाई सम्बोधन गर्न आज अपरान्ह १२ बजे बबरमहलस्थित कार्की ब्यांकेट जाने भएका छन् । सुदुरपश्चिम स्तरिय अगुवा कार्यकर्ता भेलामा सहभागी हुन उनी बबरमहल जाने भएका हुन् । जसमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटनको सिफरिसपछि नेकपामा विभाजन आएको थियो । पुस ६ गते उनले बालुवाटारमा दुबै सदनका सांसदहरुसँग छलफल गरेका थिए भने ७ गते केन्द्रीय कमिटिको बैठक बालुवाटारमै बसेको थियो ।
कार्की ब्यांकेटमै बसेको प्रचण्ड -नेपाल समूहको केन्द्रीय कमिटीले ओलीलाई पार्टी अध्यक्षबाट हटाएको थियो । यसअघि पनि प्रचण्ड-नेपाल समूहको स्थायी कमिटी बैठक सोही ब्यांकेटमा भएको थियो ।
राष्ट्रिय सभागृहमा ओली समूहले पुस १८ गते काठमाण्डौका कार्यकर्ताको भेला राखेको छ । प्रधानमन्त्री ओली उक्त भेलामा पनि सहभागी हुने बताइएको छ ।