‘प्रदेश २ सरकारसँग दृढ इच्छाशक्ति र स्पष्ट दृष्टिकोण नभएको आरोप ’

सहयात्रा टिभी

वीरगञ्ज । पुस १५, प्रदेश २ सरकारसँग दृढ इच्छाशक्ति र स्पष्ट दृष्टिकोण नभएको भनी प्रदेश सभा सदस्यहरुले नै आरोप लगाएका छन् । जसले गर्दा प्रदेशमा जनताको चाहनाअनुसार विकासका काम नभएको उनीहरुको ठहर छ ।

उनले स्थानीय सरकारमा गैरराजनीतिक अनुभव र उद्देश्य नभएका मानिस हल्लैहल्लामा जितेर आएको भन्दै तीन तहका सरकारबीच समन्वयको अभाव पनि देखिएकोे कुरा बताए । तीनै तहका सरकार र कर्मचारी छाडा देखिए पनि नियन्त्रण गर्ने संयन्त्र नभएको उनी बताउँछन् ।

प्रदेश सभा सदस्य भिमा यादवले लामो समय जनप्रतिनिधि नहुँदा मान्छे छाडा भइसकेको अवस्थामा उनीहरुलाई अंकुश लगाउन र नियन्त्रण गर्न नसकिएको कुरा समेत बताइन् ।

प्रदेशको नाम र राजधानीको टुंगो कहिले लगाउनुहुन्छ ? भन्ने तन्नेरीको जिज्ञासामा यादवले भनिन्, ‘अरुले बागमती प्रदेश, कर्णली प्रदेश राखेका छन्, त्यसैगरी हामीले नारायणी प्रदेश राखेर भएन, सोचिराखेका छौं, पाँच वर्षमा त अवश्य नाम राखिसक्छौं,’ उनले हाँस्दै भनिन् ।

प्रदेश सभा सदस्य गिरीले नाम र राजधानीका लागि प्रयास गरेको भए पनि टुंगो नलागेको र अब बस्ने संसद बैठकहरुमा छलफल हुने बताएका छन् ।

प्रकाशित : 30 December, 2020

प्रतिक्रिया दिनुहोस्