चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ

सहयात्रा टिभी

वरिगञ्ज । पुस १६, लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल बिहिबार विहान वीरगञ्जबाट पक्राउ परेका छन् । अग्रवाललाई अपराध महाशाखाका टोलीले पर्सा प्रहरीसँगको समन्वयमा पक्राउ गरेको हो ।

सोधपुछका लागी अहिले उनलाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको छ । प्रहरी नायब उपरिक्षक मनोजित कुवरले आवश्यक परे अग्रवाललाई नवलपरासी पठाउने जानकारी समेत दिनु भएको छ । चिनी मिल सुशीला गोयलका नाममा दर्ता भएपनि सबै कारोबार अग्रवालमार्फत हुने गरेकोले उनी विरुद्ध नवलपरासीमा उखु किसानको उजुरी छ ।

सरकारले किसानको पैसा नदिने मिल सञ्चालकलाई पक्राउ गरेर कारबाही अगाडी बढाउन निर्देशन दिएको थियो । अग्रवालले उखु किसानलाई १७ करोड रुपैयाँ तिर्न बाँकि रहेको बताएका छन् ।

प्रकाशित : 31 December, 2020

प्रतिक्रिया दिनुहोस्