आज राष्ट्रिय पोशाक दिवश मनाउँदै
सहयात्रा टिभी
काठमाडौं । पुस १७, आज आठौं राष्ट्रिय पोशाक दिवश हो । ‘मेरो शान, मेरो पहिचान, राष्ट्रिय पोशाक संरक्षण अभियान ’ भन्ने नारासहित विभिन्न स्थानमा राष्ट्रिय पोशाक दिवश मनाइयो ।
नेपालमा भएको सम्पूर्ण जात जातिको पहिचान बोक्ने सबै पोशाक राष्ट्रिय पोशाक भएको तर दौरा, सुरुवाल, टोपी र गुन्युचोली देशको साझा राष्ट्रिय पोशाक भएको अभियान्तहरुको भनाइ रहेको छ ।
नेपालको राष्ट्रिय पोशाक संरक्षण र प्रवर्धन गर्ने भन्दै २०७० साल देखि पुस १७ गतेका दिन राष्ट्रिय पोशाक संरक्षण महाअभियानले यो दिवश मनाउने गरेको छ ।