राष्ट्रिय सभाका सांसद र कर्मचारीलाई कोरोना संक्रमण
सहयात्रा टिभी
काठमाडौं । पुस १७, संघीय संसदको माथिल्लो सदन राष्ट्रिय सभाका १ सांसद र ५ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ ।
संसद सचिवालयका सहप्रवक्ता दशरथ धमलाका जानकारी अनुसार राष्ट्रिय सभा अधिवेशनको अघिल्लो दिन बिहान ४१ सांसदसहित ९७ जनाको कोरोना परिक्षण गरेकोमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।