पाकेको सुन्तला कुहिएर झरेपछि मर्कामा परे कृर्षक

सहयात्रा टिभी

पाँचथर । पुस १९, सुन्तला टिप्ने समयमा पाकेर बिक्री गर्ने बेला भएको सुन्तला बोटमै कुहिएर झर्न थालेपछि पाँचथरको फिदिम नगरपालिका–७ रानीटारका कृर्षकहरु मर्कामा पर्न थालेका छन् ।

सुन्तलाको राम्रो उत्पादन हुने फिदिम–७ रानीटारमा पाकेको सुन्तला टिप्ने समयमा धमाधम सुन्तला कुहिएर झरेपछि कृर्षकहरु चिन्तित हुन थालेका हुन् । पाकेको सुन्तलाभित्र किरा भेटिने गरेको छ । किराका कारण सुन्तला कुहिएर झरेपछि यहाँका दर्जनौ कृर्षक परिवार मर्कामा परेका छन् । रानीटारको नाङ्लपा, हाम्फाबुङ, चिउरीबोटे, चकरुम्बा, माक्लुम्बालगायत टोलमा करिब ४०० रोपनी क्षेत्रफलमा लगाइएको सुन्तलामा किरा भेटिएको हो । हाम्फाबुङका कृर्षक देउबहादुर थेबेका अनुसार सुन्तला टिप्नै नपाई झर्न थालेको छ । “पोहोर साल झण्डै चार हजार किलो बेचेको थिएँ”, थेबेले भन्नुभयो, “यस वर्ष टिप्नै नपाई धमाधम सुन्तला झरिरहेको छ । झरेको सुन्तला कुहिएको पाएका छौँ ।” मुख्य आम्दानीको स्रोतको रूपमा रहेको सुन्तला कुहिएर जाँदा वर्षभरिको आम्दानी र मिहिनेत समाप्त भएको अर्का कृर्षक जयबहादुर नेम्वाङले बताउनुभयो ।

प्रकाशित : 3 January, 2021

प्रतिक्रिया दिनुहोस्