बिहीबार देखि प्रशारण ‘४ दुना ९’

सहयात्रा टिभी

काठमाडौं । नेपालको पर्यटनलाई प्रबद्र्धन गर्ने उद्देश्यकासाथ निर्माण गरिएको नयाँ हाँस्य टेलिसिरियल ‘४ दुना ९’ भोलि बिहीबार २३ पुसबाट प्रशारणमा आउने भएको छ । नेपाल टेलिभिजन प्रसारण हुने सिरियलले देशको ७७ वटै जिल्ला विभिन्न समयमा खिचिने छ । साँझ ७ बजे प्रसारण हुने बताइएको सिरियलको बारेमा एक कार्यक्रममा जादै निर्माण युनिटले जानकारी दिएको छ ।

कार्यक्रममा अतिथिको रुपमा उपस्थित हुनुभएका नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी निर्देशक धनन्जय रेग्मीले पर्यटन बोर्डले गर्नुपर्ने काम ‘४ दुना ९’ टिमले गरेको भन्दै कामको प्रशंसा गरेका थिए ।

उनले नेपालको पर्यटकीय क्षेत्रहरुलाई एक टेलिसिरियलमार्फत् देशव्यापी बनाउन खोजेको भन्दै सम्पूर्ण टिमलाई धन्यवाद पनि दिएका थिए । सो अवसरमा उनले पर्यटन बोर्डले सक्ने सहयोग गर्ने बताए ।

कार्यक्रममा जुम्ला र मुगुका मनोरम दृश्य समेटिएको सिरियलको प्रोमो पनि देखाइएको थियो । टेलिचलचित्रका निर्देशक छेडुप लामाका अनुसार काठमाडौंबाट जाने केही कलाकारसँगै अन्य अधिकांश स्थानीय कलाकारको अभिनय रहेको छ ।

टेलिचलिचित्रका मुख्य कलाकार राजाराम पौडेलले सुरुको चार भाग जुम्ला र मुगुमा खिचिएको बताए । उनले भने ‘त्यहाँको मौलिकताको प्रशंसा गरेरै सक्दिनँ, त्यहाँको रीतिरिवाज, रहनसहनले मेरो मन तानेको छ । हामीले त्यही मौलिकतालाई पर्दामा उतार्ने कोसिस गरेका छौं । दर्शकलाई अवश्य मनपर्नेछ ।’

जुम्ला र मुगुमा चार भाग खिच्नकै लागी १३ दिन खर्चिएको टेलिसिरियलका निर्देशक छेडुप लामाले जानकारी दिए ।

नेपालको पर्यटनलाई देशव्यापी बनाऔँ भन्ने सोचेर यो टेलिचलचित्र निर्माण गरिएको निर्माण कम्पनी बज्रलिंक मिडियाका अध्यक्ष निर्देशक लामाले बताए ।टेलिसिरियल प्रत्येक भाग ३० मिनेट बराबरको हुनेछ ।

प्रकाशित : 6 January, 2021

प्रतिक्रिया दिनुहोस्