ट्रकको ठक्करबाट एकको मृत्यु

काठमाडौं । माघ २, कपिलवस्तुमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ ।
गएराति शिवराज नगरपालिका–१ चैनपुरमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ५०७५ नम्बरको ट्रकले चैनपुर स्वर्गद्वारी गेट अगाडि एक पैदलयात्रीलाई ठक्कर दिएको हो ।ट्रकको ठक्करबाट शिवराज–१ चैनपुर निवासी ५० वर्षीय हाउ थारूको घटनास्थलमै मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाले बताएको छ ।
ट्रक र चालक दुवैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार चालकले प्रहरीसमक्ष बाक्लो हुस्सुका कारण पैदलयात्रीलाई नदेखेर दुर्घटना भएको बताएका छन् ।