चलचित्र ‘मनसँग मन’ चैत्र २७ मा प्रदर्शन हुने

सहयात्रा टिभी

काठमाडौं । माघ २,चलचित्र ‘मनसँग मन’को प्रदर्शन मिति तय गरिएको छ । निर्माण युनिटले फिल्मको प्रदर्शन मिति आगमी चैत्र २७ गते तोकेको छ । नयाँ वर्षको अवसर पारेर चलचित्र रिलिज गर्न लागिएको हो ।

प्रदर्शन मितिसँगै चलचित्रको ‘मेरो त भाग्य’ बोलको गीत समेत सार्वजनिक गरिएको छ । जसमा डेभिड शंकर र भावना थापाको स्वर, दीपक शर्माको संगीत र विपिन किरणको शब्द रहेको छ ।

सौरभ लामाको छायाँकन रहेको गीतमा रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन जीसीको सम्पादन छ । गीतमा चलचित्रका मुख्य कलाकार पुष्प खड्का, वर्षा सिवाकोटीको नृत्य देख्न सकिन्छ । यस्तै, अतिथी कलाकारको रुपमा भिडियोमा पल शाह र पूजा शमा समेत अटाएका छन् । गीतमा बुद्दि तामाङ र रविन्द्र झा समेतलाई देख्न सकिन्छ ।

कैलाश राइले निर्देशनमा रहेको चलचित्रमा पुष्प खड्का, वर्षा सिवाकोटी, वुद्दि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ। अरुण तामाङ निर्माता रहेको चलचित्रलाई सौरभ इन्टरटेन्मेन्ट र बालाली इन्टरटेन्मेन्टले प्रस्तुत गरेको छ ।

प्रकाशित : 15 January, 2021

प्रतिक्रिया दिनुहोस्