दुबईको एक कम्पनीले माग्यो १८० जना कामदार

सहयात्रा टिभी

काठमाडौं । माघ ०६, दुबई (युएई)को एक कम्पनीले १८० जना नेपाली कामदार माग गरेको छ । दुबई शहरको टारगेट इन्जीनेरिङ नामक एक कम्पनीले सो बराबरको कामदार माग गरेको हो । कम्पनीले मेसिन एसीसटेन्टमा १२० जना पुरुष माग गरेको छ । उक्त पदका कामदारलाई मासिक ३८ हजार १०० रुपैयाँ तलब दिने जानकारी गराएको छ । यस्तै, रिग्गर पदका लागि ६० जना पुरुष कामदार माग गरेको छ । उनीहरुको मासिक तलब पनि ३८ हजार तोकिएको छ ।

यसका अलाबा कम्पनीको नियमअनुुसार ओभर टाइम सुविधा, बार्षिक दिा पनि दिइने छ । दैनिक ८ घण्टा काम गर्नुपर्ने बताइएको छ । साथै खानाको सुविधा पनि हुने बताइएको छ । साउन्डलाईन्स रिक्रुटमेन्ट प्रा. लि. ले यसका लागि नेपालमा कामदार खोज्ने जिम्मेवारी पाएको छ । उक्त कम्पनीमा काम गर्न जाने कामदारले सोही म्यानपावरमा सम्पर्क गर्नुपर्ने हुन्छ । ललितपुर स्थित म्यानपावर कम्पनीको कार्यलयमा माघ १३ र १४ गते कामदारको अन्तरवार्ता लिइने जानकारी गराइएको छ ।

स्वदेशमा हुने मेडिकलको शुल्क स्वयम कामदारले नै बेहोर्नुपर्ने छ । विदेशमा हुने मेडिकल खर्च भने रोजगारदाता कम्पनीले बेहोर्ने बताइएको छ ।यसैगरि, स्वदेशमा हुने बीमाको रकम कामदारले र विदेशमा हुने बीमाको रकम रोजगारदाता कम्पनीले बेहोर्ने छ । साथै, भिषा शुल्क र हवाई टिकट पनि रोजगारदाताले नै बेहोर्ने बताइएको छ ।

प्रकाशित : 19 January, 2021

प्रतिक्रिया दिनुहोस्