हिमपातसहितको आँधीका कारण १३० कार एक आपसमा ठोक्किए

सहयात्रा टिभी

काठमाडौं । माघ ०७, उत्तरी जापानमा हिमपातसहितको आँधीका कारण हाइवेमा १ सय ३० वटा कार एक आपसमा ठोक्किएका छन् । यो दुर्घटनामा १० जना घाइते भएका छन् भने एक व्यक्तिको मृत्यु समेत भएको छ ।

मंगलबार मियागी प्रान्तको तोहोकू एक्सप्रेसमा दिउँसो तीन बजे उक्त दुर्घटना भएको हो । अधिकारीका अनुसार यो घटनाका कारण एक्सप्रेस वेमा २ सय बढी मानिसहरु फसेका छन् जसलाई उद्दारकर्मीले बाहिर निकालिरहेका छन् ।

हालैका हप्तामा जापानका केही इलाकामा अत्यधिक रुपमा हिमपात भइरहेको छ । यो हिमपात अनुमानभन्दा दोब्बर रहेको छ । स्थितीलाई मध्यनजर गर्दै गाडीको गति ५० किलोमिटर प्रति घण्टा निश्चित गरिएको थियो ।

स्थानीय मौसम अधिकारीका अनुसार दुर्घटनाका बेला हावाको गति सय किलोमिटर प्रति घण्टा थियो । स्थानीय मिडियाका अनुसार यो इलाकामा १५ इन्च मोटो बरफ परेको छ ।

प्रकाशित : 20 January, 2021

प्रतिक्रिया दिनुहोस्