डिम्याट खाता खोल्नेको संख्या साढे २६ लाख नाघ्यो
सहयात्रा टिभी
काठमाडौं । माघ ०७, धितोपत्र कारोबाका लागि अनिवार्य रहेको डिम्याट खाताको संख्या साढे २६ लाख नाघेको छ । माघ ७ गते बुधबारसम्मको रेकर्डमा २६ लाख १० हजार ८६२ डिम्याट खाता खोलिएको हो ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार एक सातामै १ लाख १० हजार ५१४ ले डिम्याट खाता खोलिएको तथ्याङ्कले देखाउँएको छ । त्यस्तै, एक सातामा मेरो शेयर लिनेको संख्या ७७ हजार ४३३ पुगेको देखिएको छ ।