चिसो बढेपछि विद्यालय बन्द

सहयात्रा टिभी

काठमाण्डौं। माघ ०७, बाराको कलैया उपमहानगरपालिका र पर्साको पर्सागढी नगरपालिकाले अत्याधिक चिसो बढेपछि विद्यालय बन्द गरेका हुन् भने वीरगञ्ज महानगरपालिकाका विद्यालय भने आजबाट खुलेका छन् ।

चिसोबाट बालबालिकालाई जोगाउनका लागि आवश्यक स्रोत साधन विद्यालयमा नहुने भएकोले विद्यालय बन्द गर्नुपर्ने बाध्यता रहेको बताइएको छ । चिसोका कारण पठन पाठन नै प्रभावित बनेको र बालबालिकोको स्वास्थ्यमा समेत असर पर्ने देखिएकोले विद्यालय बन्द गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख प्रदीपकुमार चौरसियाले जानकारी दिएका छन् । सामुदायिक विद्यालय ३० वटा र संस्थागत ७ वटा विद्यालय छन् ।

त्यसैगरी प्रहरी कार्यालय प्रदेश नं २ अनुसार माघ २ गते बाराको देवताल गाउँपालिका ७ बस्ने ६० वर्षीया राधिकादेवि, पुस ५ गते सर्लाहीको हरिपुर्वा नगरपालिका– ३ बस्ने वर्ष ४५ को रोजाही शेख र लालबन्दी नगरपालिका– १ नवलपुर बस्ने ६० वर्षिय नरेश न्यौपानेको चिसोले कठ्याङग्रिएर मृत्यु भएको छ ।

 

प्रकाशित : 20 January, 2021

प्रतिक्रिया दिनुहोस्