मुक्तिनाथ विकास बैंकको खुद नाफा ६१ करोड ५५ लाख

सहयात्रा टिभी

काठमाडौं । माघ ०८, मुक्तिनाथ विकास बैंकले साढे ६१ करोड भन्दा बढी खुद नाफा अर्जन गरेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विरण अनुसार बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ६१ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको बताइएको छ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३०.२८प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ४७ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको जानकारीका आएको थियो।

समीक्षा अवधिमा बैंकको अन्य सञ्चालन आम्दानी १ करोड ३० लाख रुपैयाँबाट बढेर ३१ करोड १४ लाख रुपैयाँ पुगेको हो। यही आम्दानीले बैंकको खुद नाफा वृद्धिदर बढाउन टेवा पुर्याएको छ। खुद नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानीमा पनि सुधार देखिएको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा २१ रुपैयाँ ८५ पैसा रहेको बैंकको प्रतिशेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा बढेर २५ रुपैयाँ ५९ पैसा पुगेको बताईएको छ ।

प्रकाशित : 21 January, 2021

प्रतिक्रिया दिनुहोस्