अब एनसेल सिम फोरजीमा अपग्रेड गर्दा २ जीबी बोनस डाटा

काठमाडौं । माघ ०८, एनसेल आजियाटा लिमिटेडले थ्रीजीबाट फोरजी मा सिम अपग्रेड गर्ने ग्राहका लार्गी मङ्गलबार बोनस योजना ल्याएको हो। सो योजना अन्तर्गत फोरजीमा सिम अपग्रेड गर्ने ग्राहकले दुई जीबी फोरजी डाटा बोनस पाउने कम्पनीले बताएको छ। यो योजना अन्तर्गतको बोनस फोरजी डाटा सात दिनका लागि मान्य हुने छ ।
आफूले प्रयोग गरेको सिम फोरजी हो कि होइन भनेर (३२४) डायल गरी वा अङ्ग्रेजीमा अक्षर ठूलो ‘क्यू’ लेखि ३२४ मा एसएमएस पठाइ जानकारी लिन सकिन्छ।
फोरजी सेवा प्रयोगका लागि फोरजी सिम, फोरजी सपोर्ट गर्ने मोबाइल र फोरजी नेटवर्क कभरेज भएको ठाउँ हुनुपर्ने छ ।