भाक्कालाई परिकारका रूपमा अझैं व्यवसायिकीकरण गरिने

सहयात्रा टिभी

काठमाडौं । माघ ०८, राजवंशी समुदायको खाना परिकार भाक्कालाई राष्ट्रिय परिकारका रूपमा स्थापित गरी व्यवसायिकीकरणमा जुट्ने कोचिला गाभुर फ्रन्ट अघि बढेको छ।


जातीय परिकार भाकालाई व्यावसायिकरण गर्न सके गिर्दो आर्थिक अवस्था भएका राजवंशीको आय आर्जनमा टेवा पु¥याउन सकिने अध्यक्ष राजवंशीले बताएका छन् । भाक्का परिकारको इतिहास खोज गरी थप परिस्कृत गर्ने कोचिला भक्का दिवस कार्यक्रम संयोजक अर्जुन राजवंशीले बताए – “भक्कासँगै राजवंशी जातिमा धेरै विषयको खोजी अनुसन्धान हुन जरुरी छ । भाक्काको वर्षौं पुरानो इतिहास खोज गरेरअहिलेको आधुनिकतासँग मेल खाने गरी व्यावसायिकता दिन सक्यौं भने यसले राजवंशी समुदायको आर्थिक पाटोमा ठूलो परिवर्तन ल्याउन सकिन्छ ।”

कसरी बनाइन्छ भाक्का ?
शुद्ध चामलको पीठोलाई पानीको बाफमा पकाएर भाका बनाईन्छ । बिर्तामोडमा विगत ३० वर्षदेखि भक्का बेच्दै आएकी शरस्वती राजवंशीदिनभरि १६ किलोे पिठोको भक्का बेच्ने गरेको बताउँछिन् । जसबाट उनलाई ६ हजार रुपैयाँ आम्दानी हुने गरेको छ । उनी भन्छिन – “यसैबाट घरपरिवार पाल्नुका साथै जग्गा पनि जोडेकी छु” उनले भनिन्, “भाकाकै भरमा जीवन गुजारा गर्दै आएकी छु ।”

 

प्रकाशित : 21 January, 2021

प्रतिक्रिया दिनुहोस्