कविताको फिल्म नचलेपछि करिश्मा भन्छिन – ‘बच्चा त राम्रो थियो’

सहयात्रा टिभी

कठमाडौं । माघ ०८, नायिका करिश्मा मानन्धरको क्रेज नेपाली चलचित्रमा आज पनि उस्तै छ । भलै, उनका चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्दैनन्, तर पर्दा बाहिर उनको लोभलाग्दो क्रेजमा कमी आएको छैन । उनी आफ्नी छोरी कविता मानन्धरलाई पनि यही क्षेत्रमा अगाडि ल्याउन चाहन्थिन् तर सफलता हुन सकेन ।

 

आफ्ना मित्र शिव श्रेष्ठले कवितालाई डेब्यू गराउन चाहेपछि करिश्माले नाई भन्न सकिनन् । यसपछि, कविता चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को नायिका बनिन् । तर, चलचित्र निर्माण सुरु गर्दा जुन जोशका साथ काम अगाडि बढेको थियो, त्यो विचमा गएर रोकियो भने चलचित्र नै रिलिज हुने या नहुने भन्ने दुविधा उत्पन्न भयो ।

माघ १ गतेबाट चलचित्र रिलिज भएपनि दर्शक हलसम्म आएनन् । चलचित्रले पोष्टरको पैसा पनि उठाउन सकेको छैन । चलचित्र रिलिज हुने भन्ने चर्चासँगै नायिका करिश्मा मानन्धरले असन्तुष्टी जनाउँदै आएकी थिइन् । उनले, छोरीको धेरै दृश्यहरु काटिएको भन्दै असन्तुष्टी व्यक्त गर्दै आएकी थिइन् जसलेगर्दा, करिश्मा र शिवको मित्रतामा समेत फाटो आएको छ ।
करिश्माले चलचित्र जस्तो भएपनि बच्चा त राम्रो थियो नी भनेर कविताको प्रशंसा त गरेकी छिन् । तर, कविताले चलचित्र यात्रालाई निरन्तरता देलिन् त ?

प्रकाशित : 21 January, 2021

प्रतिक्रिया दिनुहोस्