राधिका बनिन् जंगल वारफेर तालिम गर्ने पहिलो महिला सैनिक

सहयात्रा टिभी

काठमाडौं । माघ ०८ ,नेपाली सेनाको प्रतिविद्रोह तथा जंगल युद्धकला (जंगल वारफेरं) तालिम पहिलो पटक एक जना महिला सैनिक जवानले लिएकी लिएकी हुन् । १८ कात्तिकदेखि ६ माघसम्म भएको तालिममा प्रतिविद्रोह तथा जंगल वारफेर शिक्षालयकी सैनिक जवान राधिका थापाले महिलातर्फ पहिलो पटक तालिम लिएकी हुन् ।

तीन महिनासम्म चल्ने अत्यन्तै कठिन तालिममा जंगल नेभिगेसन, धराप निर्माण, जंगल सर्भाइभल टेक्निक, सर्पदंश व्यवस्थापन लगायतका सैनिक ज्ञान र सीपहरु सिकाइन्छ । उनले बिल्लादार ग्रेड–३ तथा लाइट मोटर ड्राइभिङ एण्ड मेन्टिनेन्स तालिमसमेत लिइसकेकी बताइकी छिन् ।

उनले सफलतापूर्वक तालिम सम्पन्न गरेर साहस र जिम्मेवारीको एउटा उल्लेखनीय उदाहरण प्रस्तुत गरेको सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

 

प्रकाशित : 21 January, 2021

प्रतिक्रिया दिनुहोस्