बिक्री खुल्यो ‘सानिमा लार्ज क्याप फण्ड’ को

सहयात्रा टिभी

काठमाडौं । माघ ०९, सानिमा आज (शुक्रबार) देखि म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘सानिमा लार्ज क्याप फण्ड’ इकाईको सार्वजनिक निष्कासन तथा बिक्री खुल्ला गरिएको छ ।


कम्पनीका अनुासर १० रुपैयाँ दरको १० करोड इकाईमध्ये ८ करोड ५० लाख इकाई कुनैपनि संघ संस्था तथा सर्वसाधारणहरुको लागि निष्कासन तथा विक्री खुल्ला गरेको छ । फण्डले १५ प्रतिशत (१ करोड ५० लाख) इकाई कोष प्रवद्र्धक सानिमा बैंक लिमिटेड तथा योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई सुरक्षित राखेको बताईएको छ ।

सो इकाईमा माघ १३ गतेसम्म नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्बा प्रणाली र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा सञ्चालित मेरो शेयर अनलाईन प्रणलीमार्फत आवेदन दिन सकिनेछ ।

प्रकाशित : 22 January, 2021

प्रतिक्रिया दिनुहोस्