अमेरिकी उपराष्ट्रपतिले लगाइन् नेपाली डिजाइनर प्रबल गुरुङले डिजाइन गरेको कोट

सहयात्रा टिभी

काठमाडौं । माघ ९, अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले विश्व चर्चित नेपाली डिजाइनर प्रबल गुरुङले डिजाइन गरेको कपडा लगाएर प्रार्थना सभामा सहभागी भएकी छन् ।

गुरुङले डिजाइन गरेको कलेजी रङको कोट लगाएर अमेरिकी उपराष्ट्रपति ह्यारिस सपथ ग्रहणपछिको प्रार्थना सभामा सहभागी भएकी हुन् ।

डिजाइनर गुरुङले ट्विट्मार्फत यसको जानकारी दिएका छन् । उनले भर्चुअल रूपमा भएको सो सभामा उपराष्ट्रपति ह्यारिसले आफूले डिजाइन गरेको कोट लगाएको ट्विटरमा उल्लेख गरेका छन् ।

प्रकाशित : 22 January, 2021

प्रतिक्रिया दिनुहोस्