जानीराखौ युरिक एसिडको बारेमा
काठमाडौं । माघ ०९, युरिक एसिड भन्नाले शरीरमा प्रोटिनको मेटाबोलिज्म भएर निस्कने तत्वलाई भनिन्छ । न्युक्लिक एसिड र प्युरिन ग्रुपको प्रोटिनबाट मात्र युरिक एसिड बन्छ । यो पिसाबबाट बाहिर निस्कन्छ । जब मृगौलाको छान्ने क्षमता कम हुन्छ र युरिक एसिड रहन्छ, तब त्यो हड्डीको जोर्नीमा गएर जम्मा हुन्छ । मृगौलाले युरिक एसिड कम उत्सर्जन गर्दा पनि त्यो रगतमा जम्मा हुन पुग्दछ ।
सुरुमा यूरिक एसिड बढ्नुको कुनै लक्षण देखिदैन तर बिस्तारै जोर्नी दुख्ने, उठ्न–बस्न कठिनाई हुने, औला सुन्निने, जोर्नीमा गाँठो पर्ने जस्ता समस्या देखा पर्दछ ।
यूरिक एसिड बढ्नुको कारण :
– उच्च रक्तचापमा सेवन गरिने औषधी, पेन किलर तथा क्यान्सरको उपचारमा प्रयोग हुने औषधीले पनि यूरिक एसिडको मात्रा बढ्छ
– खानपान तथा जीवनशैलीको बदलाव
– रातो मासु, सी फूड, दाल, राजमा मसरुम, टमाटर, बन्दा, मटर, पनीर, भिण्डी, चामलको बढी सेवन गर्नाले
– जर्बजस्तीको एक्सरसाइज तथा तौल कम गर्ने चक्करमा पनि यूरिक एसिडको समस्या निम्तिने गर्छ
असर :
राती सुतेको बेला हात औंला, खुट्टाको औंलाको जोर्नीमा दुखाई महसुष हुन्छ भने त्यो युरिक एसिडको लक्षण हुनसक्छ ।
उपचार :
– नियमित व्यायाम गर्न
– कम्तीमा ५ सय ग्राम भिटामिन–सि भएको भोजन गर्ने
– रातो मासु, कलेजो, रक्सी, गेडागुडी जस्ता खानेकुरा कम सेवन गर्ने
– पर्याप्त पानी वा झोलयुक्त खानेकुरा सेवन गर्ने